नेकपा विवादको असर, फेरी दिए तीन मन्त्रीले राजीनामा

शुक्रबार, १० पौस २०७७

काठमाडौं – बाग्मती प्रदेश सरकारका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन वन तथा बातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक रुपमा राजीनामा दिएका हुन ।

प्रतिनिधिसभा विघटन भएपनि उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै केन्द्रका विवाद प्रदेशसम्म पुगेको छ । प्रदेश सरकार विगघट गर्ने हल्ला चलिरहेका बेलामा बागमती प्रदेशका मन्त्रीहरुले मुख्यमन्त्रीको कार्यशैलि चित्त नबुझेको भन्दै राजीनामा दिएका हुन् ।

राजीनामा दिने तीनै जना प्रचण्ड–माधव समूहका हुन ।