सडकमा बसेर फेसबुक चलाउँदै प्रचण्ड

शुक्रबार, १० पौस २०७७

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्धमा सडकमा उत्रिएका छन् । ओलीको असंबैधानिक कदमका विरुद्धमा सडक संघर्ष गर्ने कार्यक्रम अनुसार प्रचण्ड, अर्का अध्यक्ष माधव कुमार नेपालसहित हजारौं कार्यकर्ता सडकमा आएका हुन् ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी थिए । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका थिए ।

माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा गएका उनीहरु २ बजे पत्रकार सम्मेलन गर्ने तयारीमा छन ।

प्रचण्डसहितका नेताहरु सडकमै बसेका थिए । सडकमा बसेका उनीहरुको तस्वीर हेर्न लायक छ । सडकमा बसेर प्रचण्डले मोवाइलमा फेसबुक चलाइरहेका थिए भने माधव नेपाल फोनमा कुरा गरिरहेका थिए ।