इजलासमा किन झोक्किए चोलेन्द्र ?

शुक्रबार, १० पौस २०७७

काठमाडौं –संसद विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलाशमा बहस जारी छ। बहसका क्रममा एक वकिलसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा झोक्किएका छन् ।

बहसका क्रममा उनले संसद विघटनको निर्णयमा ‘इजलासबाट ल्याप्चे नलगाइयोस् भनेका थिए । त्यसपछि झोक्किएका राणाले उनको बहस सुन्न मानेनन् र उनलाई हटाई दिए । राणाले भने, ‘तपाईँलाई ल्याप्चेको अर्थ थाहा छ ? अब म पनि बहस सुन्दिनँ ।

त्यसपछि अधिवक्ता अनिता गौतम पौडेलले बहस गरेकी थिइन् । उनले राष्ट्रपतिले सरकारको सिफारिस इन्कार नगरी हतारमा संसद विघटनको निर्णय लिएको आरोप लगाइन् ।