सरकार ढाल्न खोज्ने मन्त्रीको जागीर चट !
काठमाडौं – प्रदेश सरकार ढाल्न लागेको ओरोपमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्। शनिबार प्रदेश १ का मुख्यमन्त्री राईले मन्त्री पदबाट बर्खास्त गरेका हुन ।
राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेका हुन्।
नेकपाभित्र बिबाद चर्किदै गर्दा राईले आङ्बोलाई मन्त्रीबाट बर्खास्त गरेका हुन्। आङ्बो प्रचण्ड नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।
नेकपाको विभाजनको असर चर्किदै गर्दा राईले आङ्बोलाई मन्त्रीबाट बर्खास्त गरेका हुन्। आङ्बो प्रचण्ड नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन्।