राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

आइतबार, १२ पौस २०७७

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।