कोरोना बारेको समचार लेख्ने पत्रकारलाई चार वर्षको जेल
एजेन्सी – चीनको वुहान शहरमा कोरोना भाइरस संक्रमण फैलिएको बारे रिर्पोटिङ गरेका एक नागरिक पत्रकार सिभिल जर्नालिस्ट० लाई चार वर्षको जेल सजाय सुनाइएको छ । संक्रमण बारे प्रत्यक्ष प्रसारण गरेको भन्दै उनलाई गत मे महिना मै नियन्त्रणमा लिइएको थियो । उनलाई सोमबार जेल सजाय सुनाइएको हो ।
पेसाले वकील ३७ वर्षीया झाङ जानलाई ‘समुदायमा त्रास फैलाएको र समस्या बारे बढाइचडाइ गरेको’ आरोप लागेको थियो । उनको लाइभ प्रसारण सामाजिक सञ्जालमा गत फेब्रुअरी महिनामा भाइरल भएको थियो । त्यसपछि स्थानीय निकायले उनीलाई नियन्त्रणमा लिएको थियो । यसअघि पनि स्थानीय प्रशासनले भाइरसका बारेमा हल्ला गरेको र सरकार विरोधी क्रियाकलाप गरेको आरोपमा कयौं व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ ।
‘फैसलापछि झाङ निरश र स्तब्ध भएको जस्तो देखिन्थिन ।’ उनका वकील रेन क्युएनिउले भने, ‘उनलाई सांघाई पुदोङ न्यु डिस्ट्रिक पिपुल्स कोर्टले सोमबार विहान जेल सजाय सुनाएको हो ।’ फैसलाका क्रममा अदालतमै रहेकी उनकी आम ठूलो स्वरमा रोएको वकील रेनले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीको अनुमति विना अथवा उनीहरूको विपक्षमा समाचार संप्रेषण गर्नु निकै कठिन छ । फैसला हुनुअघि अदालत परिसरमा जम्मा भएका झाङका समर्थक, कुटनीतिक निकायका प्रतिनिधिलाई बेवास्ता गर्दै प्रहरीले झाङलाई अदालतभित्र लगेका थिए । जहाँ उनको पक्षमा वकालत गर्ने वकील थिए । प्रहरी नियन्त्रणमा रहेकी पत्रकार झाङले गत जुनदेखि नै भोक हड्ताल गरेको उनको वकीलको भनाइ छ । तर प्रशासनले उनको स्वास्थ्य बिग्रन थालेपछि जर्बजस्ती पाइपमार्फत खाना खुवाएको थियो । ‘गत साता मैले उनलाई भेट्दा यदि कडा सजाय भयो भने फेरी भोक हड्ताल सुरु गर्छु भनेकी थिइन ।’ वकील रेनले भनिन् ।