दलाइ लामाका सुरक्षा गार्डको मृत्यु

मंगलबार, १४ पौस २०७७

काठमाडौं – बैद्ध धमगुरु दलाई लामाका मुख्य सुरक्षागार्डको मृत्यु भएको छ । सन् १९५९ मा दलाइ लामा भागेर भारत आउँदा उनलाई सुरक्षा प्रदान गर्ने सुरक्षा गार्ड एनिन दावाको मृत्यु भएको हो ।

त्यतिवेला दलाई लामाको व्यक्तिगत सुरक्षा गार्ड बनेका १५ जनामध्ये उनी मात्र जिवित थिए । उनको ८३ वर्षको उमेरमा मृत्यु भएको हो ।

सन् १९५९ मार्च १७ मा दलाई लामा अन्य हजारौ तिब्बतीसहित भारत आएका थिए ।