फेरी घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

मंगलबार, १४ पौस २०७७

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ८ सय रुपैँयाले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैँया र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै आज चांदीको भाउ पनि १५ रुपैंँयाले घटेर प्रतितोला १ हजार ३ सय रुपँैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चांदी १ हजार ३ सय १५ रुपैँयामा कारोबार भएको थियो ।