केपी ओली कम्युनिस्ट पार्टीका भगौडा हुन् : बरिष्ठ नेता खनाल

शुक्रबार, ९ माघ २०७७

काठमाडौं – नेकपा (प्रचण्ड–नेपाल) समूहका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगौडाको संघ्या दिएका छन् । प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक कदमका विरुद्धमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले कम्युनिस्ट आन्दोलनबाट भागेका कारण ओली भगौडा भएको बताए ।

प्रधानमन्त्रीले असंबैधानिक रुपमा गरेको संसद विघटनको विरोधमा उक्त पार्टीले आज देशभर विरोध प्रदर्शन गरेको हो । उनले उक्त सभामा बोल्दै यो देश कसैको सेटिङमा नचल्ने बताए ।

फरक प्रशंगमा उनले संसद पुनस्र्थापनको कुनै पनि विकल्प नभएको बताए । संसद पुनस्र्थापनको अर्को विकल्प नभएको भन्दै यसमा संका नगर्न उनले सबैलाई आग्रह गरे ।