प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ जारी

बिहिबार, १५ माघ २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको छ । आज बहसका लागि अधिवक्ताहरुलाई १५ मिनेटको समय निर्धारण गरिएको छ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सोविरुद्ध १३ वटा रिट दायर भएका थिए । ती सबै रिटमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।