प्रचण्डले रोके आफ्नै कार्यकर्ताको एमसिसी बिरुद्धको नारा
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीविरूद्ध नारा लगाउन रोकेका छन्।
आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए।
कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न लगाए।
कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भने। त्यसपछि उनले छेउमै रहेकी नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई नारा रोक्न समेत भनेका थिए। लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो।
संविधान मिचेर प्रतिगमन ल्याएकाले त्यसको विरूद्धमा मात्रै नाराबाजी लगाउन प्रचण्डले भनेका थिए।
नेकपाभित्रको विवादकै कारण एमसिसी परियोजना अघि बढ्न सकेको छैन।