सरकारी वकिलको बहस आजै सकिने, बोल्ने अवधि १५ मिनेट मात्रै
काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलको बहस आजसकिने भएको छ। माघ ४ देखि संवैधानिक इजलासमा जारी बहसमा सरकार पक्षका वकिलले आज बहस सक्ने भएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले १५ मिनेटसम्म बहस गर्न पाउने गरी समय निर्धारण गरेका छन्। आइतबारको बहस सुरु हुनासाथ राणाले इजलासमा १५ मिनेटको समय निर्धारण गरेका हुन्। गत सोमबारदेखि सरकारी वकिलले बहस गर्दै आएका छन्। निरन्तरको सुनुवाइमा त्यसअघि रिट निवेदक तर्फका वकिलहरुले बहस गरेका थिए।
सरकारी वकिलका तर्फबाट सहन्यायाधीवक्ता उद्वव पुडासैनी, श्याम भट्टराई र उपन्यायाधिवक्ता दशरथ पंगेनीले आइतबार बहस गरेका छन्। सरकारी पक्षको बहस सकिएपछि एमिकस क्युरीका सदस्यले आफ्नो धारणा पेश गर्नेछन्।
संसद विघटन विरुद्ध १३ रिट दायर भएका छन्। सबै रिटको संयुक्त सुनुवाइ संवैधानिक इजलासमा भइरहेको छ।