गंगामायाको जीवनरक्षाको माग गर्दै मानवअधिकारकर्मी सडकमा

मंगलबार, २७ माघ २०७७

काठमाडौं – अनशनरत् गंगामाया अधिकारीको जीवनरक्षा र न्यायका लागि सरकारलाई दबाब दिन मानवअधिकारकर्मी सडकमा आएका छन् ।

गंगामायाको जीवनरक्षा र न्यायका लागि मंगलबार काठमाडौंको नक्सालस्थित नारायणचौरबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म नेपाल मानवअधिकार संगठनले नागरिक र्‍यालीको आयोजना गरिएको हो ।

र्‍यालीका सहभागीहरुले दण्डहीनता अन्त्य, गंगामायालाई न्यायसहित जीवनरक्षाको माग गरेका थिए ।