अर्थ मन्त्रालयले निर्वाचनका लागि सात अर्ब आयोगलाई दियो

मंगलबार, २७ माघ २०७७

काठमाडौं– वैशाखमा हुने भनिएको निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई सात अर्ब रूपैयाँ उपलब्ध गराएको छ।

आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा अर्थमन्त्री विष्णु पौडेलले निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका छन्। पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय नभएको कारण र आयोगले हालसम्म माग गरेको ७ अर्ब रहेकाले उक्त रकम उपलब्ध गराएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। यस विरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।