निफ्राको बजार पुँजीकरण १३२ अर्ब पुग्यो

सोमबार, १० फाल्गुन २०७७

काठमाडौं – आज कारोबार सुरु भएको केहि समयमै सकरात्मक सर्किट लागेसँगै यस कम्पनीको शेयर पूँजीकरण १३२ अर्ब पुगेको हो । गत साता बाट नेप्सेमा कारोबार थालेको यस कम्पनीको शेयर मुल्यमा सातौ दिन सकारात्मक सर्किट लागेको छ ।

आज यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।

बैंकले यस अघि माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो ।