फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

आइतबार, २३ फाल्गुन २०७७

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैंयाले बढेको छ ।

शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोालामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।