महाशिवरात्रि पर्वको अवसरमा राष्ट्रपतिद्धारा पशुपतिको दर्शन (फोटो फिचर)
काठमाडौँ — महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले पशुपतिको दर्शन गरेकी छिन् । अपरान्ह पाँच बजे भण्डारीले पुजा–आजा सहित दर्शन गरेकी हुन् ।
शिवरात्रीको अवसरमा नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्तहरुको उपस्थिति रहेको छ । हिन्दूहरूले विभिन्न शिव मन्दिरहरू पुगेर आराधना, भजन–किर्तन गरेर र जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउँछन् ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्रीशिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने परम्परा छ । यस रातलाईहिन्दू धर्मावलम्बीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रुपमा लिने गर्छन् । हेर्नुहोस् पशुपतिमा मोटिभेट न्यूजको क्यामेराले कैद गरेका केही तस्वीरहरु ।
- लाइन मिलाउँदै स्वयमसेवक















