फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैछँ कारोबार ?

आइतबार, १ चैत्र २०७७

काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४०० ले बढेको हो ।

शुक्रवार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतवार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमै कारोबार भएको छ ।