कर्णली प्रदेशमा १ लाख बढीले लगाए कोरोनाविरुद्दको खोप
काठमाडौं – कर्णाली प्रदेशमा १ लाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा १ लाख ४ हजार ७२ जनाले खोप लगाएका हुन् ।
सरकारले गत १४ माघदेखि पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । दोस्रो चरणको खोप अभियान गत २३ फागुनदेखि ३ चैतसम्म सञ्चालन भएको हो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, र पत्रकारलगायत गरी २६ हजार ९ सय ९० जनालाई खोप दिइएको थियो ।
दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइएको हो । प्रदेशमा दोस्रो चरणमा मात्र १ लाख १ हजार २७ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।