के फेरी लकडाउन हुने सम्भावना छ ? स्वास्थ्य मन्त्रालयको यस्तो भनाई

बुधबार, ११ चैत्र २०७७

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमणको दर उच्च भएमा फेरी लकडाउन गर्ने संकेत गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले संक्रमण दर उच्च हुन गएमा सरकारले परिस्थिति अनुसार उचित निर्णय गरी संक्रमण दर रोक्नको लागि कदम चाल्ने बताएका हुन् ।

लकडाउन गर्नु सरकारको उदेश्य वा चाहना नभएपनि संक्रमण दर बढ्दै गएमा अवात्षा भयावह हुन नदिन उचित निर्णय गर्ने उनले बताए । उनले संक्रमण दर बढ्न नदिनको लागि आफै सजग हुन समेत सबैलाई आग्रह गरेका छन् ।

मन्त्रालयले संक्रमण दर बढ्न नदिनको लागि यी जुलुस सभा सम्मलेन, र्याली सामुहिक भेटघाट लगायतका भिडभाड हुने कार्य नगर्न। जनस्वास्थ्य मापदण्ड अपनाउन र सावधानी अपनाउन आग्रह गरेको छ ।