वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्धभत्ता वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।
मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
‘साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ । कसैलाई आपत्ति लाग्न सक्छ । बुढाबुढी, अपाङ्गलाई पनि भत्ता दिन थाल्यो भनेर कसैलाई रातभर निद्रा लाग्दैन,’ उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम रेल शिलान्यासको तयारी भइरहेको जानकारी दिनुभयो ।