घुस लिन नमान्ने ३४ ट्राफिक प्रहरी सम्मानित

बुधबार, १८ चैत्र २०७७

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्बाह गर्ने एक प्रहरी नायव निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।

पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भिम बहादुर बोहोरा र बसन्त कुमार गौतम, प्रहरी जवानहरु क्रमशस् विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बिक र शंकर कुमार पन्त रहेका छन ।

नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै र फलस्वरुप घुष दिन खोज्ने १३६ जना चालकहरुलाई पक्राउ गरि कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।