कस्तो रहला आगामी तीन दिनको मौसम ?

बुधबार, १ बैशाख २०७८

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ ।

जसअनुसार देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख १ गते (बुधबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भूभागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्हपछि मेघगर्जन र चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक दुई ठाँउ मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

२०७८ बैशाख २ गते (बिहिबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशहरूका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

२०७८ बैशाख ३ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशहरूका पहाडी भूभागका थेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदुपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूका पहाडी भूभागका थेरै स्थानमा तथा बाग्मती प्रदेश र प्रदेश १ को एक दुई ठाँउ अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।