आज कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीको सपथ

आइतबार, ५ बैशाख २०७८

काठमाडौं – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ आज (आइतबार) हुने भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेकामा उनीहरुको सपथ आइतबार हुने तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।