ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?

मंगलबार, १४ बैशाख २०७८

काठमाडौं – ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले जानकारी दिए ।

केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको खत्रीको भनाइ छ ।