काठमाडौंमा भूकम्प, केन्द्रविन्दु कलंकी आसपास
काठमाडौं – काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । भूकम्पको धक्काले क्षति पुर्याएको छैन ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए भने कयौं भौतिक संरचना क्षतिग्रस्त भएका थिए ।
भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ ।