प्रेरक प्रसंग : सफलताको लागि काम
मौरीको घारबाट मह झिकर खान चाहने व्यक्तिले मौरीले टोकेको पनि सहनै पर्दछ। अप्ठ्यारोको सामना नगरेसम्म कुनै पनि हालतमा जीवनलाई सफल बनाउन सकिदैन।
काठमाडौं– मान्छेले कुनै पनि महान काम गरेर सफल हुनु छ भने जहिले पनि अप्ठ्यारो काम रोज्नु पर्दछ। जब सजिलो काम रोज्छौ तब हाम्रो दिमागका रसायनहरू सक्रिय हुन छोड्छन् । किनभने यो सजिलो छ मैले जसरी पनि गर्न सक्छु भनेर त्यो कामलाई सामान्य सोचिएको हुन्छ । तर त्यही सामान्य सोचिएको काम विग्रन जान्छ । किनभने सजिलो छ भनेर वास्ता नगर्ने मान्छेको बानी हुन्छ। विद्यार्थीले आफूलाई सजिलो लाग्ने विषयलाई राम्रोसँग अभ्यास गर्दैनन् । तर जाँचमा उनीहरूलाई त्यही सजिलो विषयले अनुत्तीर्ण बनाइदिन्छ।
सिधा कालोपत्रे सडकमा गाडी चलाउने ड्राइभर, समतल पानीमा डुंगा वा पानी जहाज चलाउने माझी, स्वच्छ आकाशमा जहाज चलाउने पाइलट र ्र सजिलो काम छनौट गर्ने व्यक्तिहरू कहिल्यै पनि अनुभवी तथा सफल व्यक्ति बन्न सक्दैनन् । मौरीको घारमा मह खाने व्यक्तिले मौरीले टोकेको पनि सहनै पर्दछ। अप्ठ्यारोको सामना नगरेसम्म कुनै पनि हालतमा जीवनलाई सजिलो बनाउन सकिदैन । मान्छेले चाहना राख्नुपर्छ, इच्छा राख्नुपर्छ असम्भव भन्ने कुरा उसको लागि केही पनि हुँदैन।
काम बिग्रीयो भन्दैमा अर्कालाई विना कारण गाली गर्ने, पिट्ने, झगडा गर्ने गर्नु पनि हुँदैन । प्रायः घरका बुवा–आमाहरूले आफ्ना छोराछोरीले सानो गल्ती गरे वा काम बिगारे भने मनपरी गाली गर्ने, पिट्ने गरे, उनी लाई राम्रो व्यक्ति बनाउन चाहन्छन् तर यसले उनीहरूका बच्चाहरुलाई झन झन नकारात्मक बनाउँदै लगेको हुन्छ । यस्तो प्रकारको जबर्जस्ती लगातार रही रहयो भने यसले पनि मान्छेको सफलतालाई अवश्य असर गर्दछ। यदि काम विग्रियो भने पनि सकारात्मक कुराहरू गरेर उक्त विग्रिएको कामको समाधान खोज्नु पर्दछ। यस्तो बानीले मान्छेलाई अझै सृजनशील बनाउँछ।
जसले बच्चाहरूलाई पिटेर वा जबर्जस्ती गरेर कुनै पनि उद्देश्य पूरा गर्न चाहन्छ त्यो कदापि हुन सक्दैन । मिठो बोलीमा मात्र, मीठो व्यवहारमा मात्र अर्कालाई जित्न सक्ने क्षमता लुकेको हुन्छ। मानौ एक युवा र एक युवतीको अचानक भेट भयो। युवकले युवतीलाई पहिलो भेटमा नै अति मन परायो भने अब उसले युवति प्रति कस्तो व्यवहार गर्छ होला ? हो के युवक आफुले चाहे बमोजिमा आफना इच्छा ती युवतीबाट पूरा नगरुञ्जेल जस्तो व्यवहार गर्दछ त्यस्तै व्यवहारले नै प्रत्येक कामलाई सफलता दिन सक्छ।
कुनै व्यक्तिहरू यति सम्म अल्छी हुन्छन् की उनीहरूलाई जतिबेला पनि निन्द्रा लागीरहन्छ। सुत्न पाए भने चौबिसै घण्टा सत्ल पनि तयार हुन्छन् । तास खेल्न पाए भने खाना नै भुल्छन्, केटी–केटा मिलेर गफ गरे भने आजै अन्तिम दिन हो भन्ने सोचेर गफ गर्छन्, विभिन्न तरिकाबाट समयको बर्बाद गर्नेहरू अनगिन्ती छन् हाम्रो समाजमा उनीहरूले टाइम पास सजिलैसँग गरेका हन्छन । तर विचराहरूलाई लाइफ पास भएको कुरा थाहा नै हुँदैन।
आफूले गरेको काममा सफलता नपाउञ्जेलसम्म आफूले आँटेको। सानो–ठूलो जस्तो सुकै काम होस् निरन्तर लागि पर्नुपर्दछ । जुन मान्छेले आफूले गरेको काम मन नपरी नपरी गरेको हुन्छ त्यो व्यक्ति त्यो कामबाट सफल हुन पनि सक्तैन । मिठो सकारात्मक काम, तथा व्यवहारबाट मात्र, सफल हुन सकिन्छ। नकारात्मक कुरा गरेर, पिटेर, धम्क्याएर, झगडा गरेर कहिल्यै पान अर्कालाई सफल बनाउन सकिदैन बन्न पनि सकिदैन । एउय बच्चालाई पिटन सिकाउन खोजिन्छ भने उ झन झन नसिक्ने अवस्थामा पुगिरहेको हुन्छ । उसलाई सिक्नुको बदला डर लाग्छ । डरले उसको सिक्ने, सृजनशीलताला क्याप्प खाइदिन्छ । जब सृजनशिलता हराउँदै जान्छ राम्रो निर्णय गर्ने क्षमतामा ह्रास आउँछ र जीवन असफलतातिर अगाडि बढ्दै जान्छ ।
एकपटक एउटा शहरमा विवाहको लागि केटी हेर्न भनेर केटो गयो। केटो संगै २–४ जना अन्य व्यक्तिहरू पनि गएका थिए । केटीको आमाले केटीलाई मिठो खाना तयार गरेर चार जनालाई दिन भनिन् । केटीले खाना तयार गरिन खाना उनीहरूलाई दिने बेला भयो। त्यही समयमा उनीहरुले केटीलाई पनि हेर्न पाउने भए । केटीलाई भित्रभित्रै डर लागिरहेको थियो। डर लागे पनि खाना उसैले दिनुपर्ने बाध्यता थियो। केटीले बराबर गरी खाना चार भाग लगाई। खाना र पानी लिएर उनीहरू बसेको कोठामा गई । उनीहरूको अगाडि पुग्ने बेलामा भुइको कार्पेटमा खुट्टा अइकिएर केटीले सबै खाना पोखी । हातमा लिएका ग्लासहरू पनि भुइमा खसेर फुटे। सबै कुरा उसकी आमाले देखीरहेकी छन् । त्यसपछि आमाले भनिन्– केहि हुँदैन छोरी जाउँ अर्को खाना लिएर आउँ।
प्रत्येक दिन तपाईले के गरेर समय बिताउनुहुन्छ । नचाहिन कुरा गरेर कति समय बस्नुहुन्छ । बिहान कतिबेला उनुहुन्छ । निन्द्रा खुलेपछि पनि बिस्तारामा अल्छी मानी मानी कति समय सुलहन्छ। सांच्चै समयको ठीक तरिकाले प्रयोग गर्नु भएको छ त ? यदि छ भने ठीक छ तपाईको जिन्दगी पनि अगाडि बढिरहेको छ। छैन भने पछाडी परिरहेको छ । अरूले तपाईलाई जितिरहेका छन् । तपाई निराश भइरहनु भएको छ।
केटाहरूले दोस्रो पटक केटीले लिएर आएको खाना खाए । केटीको र उसकी आमाको व्यवहार मन पराएर त्यसपछि त्यो धनी केटाले त्यही केटीलाई विवाह गर्यो। केटीले खाना पोखेपनि, गिलास फुयाए पनि आमाले राम्रो व्यवहार गरिन् । त्यो व्यवहारले पुरै केटीको गल्ती छोपिदियो । तर कुनै कुनै आमाहरूले छोरीले गरेको सानो गल्तीप्रति माफ गरेर नम्र बोल्नुको सट्टा ते जगल्टे हिड्न नजान्ने बिलच्छनी, आदि इत्यादि भनेर दिमाग खराब गराइदिन्छन् त्यसपछि झगडा शुरु हुन्छ घरमा । यदि छोराछोरीले गल्ती गरी हाले भने पनि बुवाआमाले नम्र तरिकाले कुराहरू गरिदिएमा, उनीहरूलाई गाली नगरेमा, डर नदेखाएमा, नपिटेमा छोराछोरीहरूको सृजनशिलता सकारात्मक हुँदै जान्छ र उनीहरूले आफै गल्ती गर्न छोड्दछन् र सफल जीवनको लागि उनीहरूले पनि सहयोग गर्न सुरु गर्दछन्।