प्रधानमन्त्रीले विश्वासको मत लिने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले एमाले
र माओवादी केन्द्र अलग अलग दल भएको भन्दै फैसला गरेपछि प्रधानमन्त्री ओली अल्पमतमा परेका थिए ।
अल्पमतमा परेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन चुनौति दिएको केही दिनमा नै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णयमा पुगेका हुन ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका थिए।
एक मन्त्रीका अनुसार वैशाख २७ गते विश्वासको मत लिने तयारी छ ।