फेरी बढ्यो सुुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

मंगलबार, २१ बैशाख २०७८

काठमाडौं– नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुुन तोलामा २०० रुपैयाँले बढेको हो ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २०० रुपैयाँले बढेर प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य मंगलबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रति तोला २५ रुपैयाँले वृद्धि भएको हो ।