प्रधानमन्त्री ओलीको निर्णयपछि प्रचण्डले देउवासँग राखे यस्तो जिज्ञासा !
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेताहरुको दौडधुप बढेको छ । प्रमुख दल आआफ्नै रणनीतिमा जुटेका छन् ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि प्रचण्ड र देउवाबीच टेलिफोन वार्ता भएको हो ।
सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो ।
करिब २० मिनेट भएको संवादमा प्रचण्डले प्रधानमन्त्रीले विश्वासको मत लिनेभएपछि कांग्रेसको रणनीतिक कस्तो हुन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए । सभापति देउवाले पदाधिकारी बैठकपछि निर्णय आउने बताएको स्रोतले भन्यो ।
टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो ।