गण्डकीका मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत
पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन ।
उनको राजीनामा स्वीकृत भइसकेको छ । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो । मतदान हुन भन्दा अघि उनले राजीनामा बुझाएका हुन ।
आजै नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । बैठकले राजीनामा दिदा राम्रो हुने सुझाव दिएको थियो । लुम्बिनी प्रदेश जस्तै अविश्वासको प्रस्तावबाट भागेर फेरी नियुत्ती हुनका राजीनामा दिएको हुनसक्ने शंका गरिएको छ ।