उपत्यकामा दुई साता लम्बियो निषेधाज्ञा, पसलहरु बिहान १० बजेसम्म खुल्ने
काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप दुई साता लम्बिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ लम्ब्याएको हो ।
निशेधाज्ञा लम्बिएसँगै केही सहज पनि भएको छ । निषेधाज्ञा अवधीभर काठमाडौं उपत्यकास्थित खाद्यान्न तथा तरकारी बजारका पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको छ ।
बिहान ९ बजेसम्म खोल्न पाइने नियमलाई परिमार्जन गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १० बजेसम्म खोल्न पाइने निर्णय गरेका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सर्वसाधारणको गुनासोलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको बताए ।
बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने पराजुलीले बताए ।