एकै दिन ७० आरोही सगरमाथा शिखरमा
सोलुखुम्बु– कोरोना भाइरसको महामारीबीच पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।
बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको छन्। आधारशिविरमा रहेकी पर्यटन विभाग निर्देशक मीरा आचार्यले उनीहरूले सजह रुपमा आरोहण गरेको बताइन्।
हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्। यो विवरणमा केही थपघट हुन सक्ने उनले बताइन्।
अझै केही आरोही सगरमाथा आरोहणको प्रयासमा छन्।