प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल भेट्दै

बिहिबार, ३० बैशाख २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । पार्टी विवाद निर्णायक विन्दुमा पुगेका बेला ओली–नेपालबीच भेटवार्ता र संवाद तय हुन लागेको सुवास नेम्वाङले जानकारी दिए ।

यता नेता नेपाल पक्षले पनि भेटवार्ताको तयारी रहेको पुष्टि गर्‍यो । समय तय हुन बाँकी रहेको स्रोतले बतायो ।

बिहीबार नै नेकपा एमालेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गरेको थियो । आइतबार नै बिहान अर्थमन्त्री विष्णु पौडेलले सहमतिका लागि नेता नेपाललाई प्रस्ताव गरेका थिए ।

नेपाल पक्षले सहमतिको गाँठो २०७५ जेठ २ मा अड्किएको बताएका छन् । जेड २ मा फर्कन ओली राजी भए बाँकी विषयमा सहमति खोज्न सकिने उनीहरूको भनाइ छ ।