कोरोना संक्रमणबाट १९६ जनाको मृत्यु, एकै दिन ८,२०३ संक्रमित थपिए

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडौं – कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।