भूकम्पको केन्द्र लमजुङ, ठूलो धनजनको क्षति
काठमाण्डौ – एकाविहानै भुकम्प जाँदा ठूलो धनजनको क्षति भएको आशंका गरिएको छ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पले १० घर भत्काएको छ भने आधा दर्जन बढि घाइते भएका छन् ।
भूकम्पले घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका लमजुङको डीएसपी गंगाबहादुर थापाले बताए । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उनको भनाई छ । बिहान पाँच बजेर ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का लमजुङसहित गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ, काठमाण्डौ लगायत विभिन्न जिल्लामा महसुस गरिएको छ ।
त्यस्तै, दोश्रो पटक पनि त्यही ठाउँलाई केन्द्रै बनाएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा भुकम्प गएको हो । थप विवरण आउन बाँकी छ ।
