धरानमा एम्बुलेन्सबाट एक सय किलो गाँजा बरामद, दुई जना पक्राउ

मंगलबार, ११ जेष्ठ २०७८

धरान– एम्बुलेन्समा गाँजा ओसारपसा गरेको आरोपमा धरानबाट दुई जना पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका(१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका(१ का २८ वर्षीय पोशन राईलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

भेडेटारबाट धरान आइरहेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले एक सय किलो गाँजा बरामद गरेको थियो।

लिम्बु चालक हुन्। उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।