नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौं – चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।