निषेधाज्ञामा गरिवलाई दुःख पर्यो ? यो नम्बरमा फोन गर्नुहोस्
काठमाडौँ – निशेधाज्ञामा धेरैले रोजगारी गुमाएका छन् । निशेधाज्ञाले दिउसो काम गरेर विहान बेलुका छाक टार्नेहरुका लागि निकै ठूलो समस्या भएको छ ।
प्रशासनले जेठ १४ गतेदेखि २० गतेसम्म थपिएको निषेधाज्ञालाई थप कडाई गर्ने आदेश दिएपछि मजदुरहरु थप मर्कामा परेका छन् । त्यस्तो बेलामा अति विपन्न परिवारलाई बिहान बेलुकीको छाक टार्न काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रबन्ध मिलाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ नम्बरमा फोन गरेर समस्या राखे तत्काल समाधान गरिने उनको भनाई छ । त्यसैगरी सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् पनि बिक्री वितरणको व्यवस्था मिलाइएको बताए ।