कोरोना संक्रमणबाट बहालवाला जर्नेलको मृत्यु

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौँ — नेपाली सेनाका एक जर्नेलको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

जावलादेलस्थित १३ नम्बर बाहिनीका बाहिनीपति तथा सहायक रथी दिनेश केसीको बिहीबार निधन भएको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार सैनिक अस्पताल छाउनीमा उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।