प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

शुक्रबार, १४ जेष्ठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । शुक्रवार आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट हुने सम्बोधनमा पछिल्लो राजनीतिक घटनाक्रम र बजेटका विषयमा जानकारी गराउने बुझिएको छ ।

प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ । तर जेठ ७ गते राति हठात रुपमा संसद विघटन भएसँगै अध्यादेश मार्फत आगामी बजेट ल्याउने तयारी भइरहेको छ । संसदको अधिवेशन नभएको कारण प्रधानमन्त्री निवास बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सचिवालयको अनुसार प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।