आफ्नै श्रीमतीको घाँटी रेटेर विभत्स हत्या
काठमाडौं – काठमाडौँको कालिमाटी तरकारी बजारनेर एक पुरुषले घाँटी रेटेर श्रीमतीको हत्या गरेका छन् । प्रहरी स्रोतका अनुसार श्रीमानले सुपारी काट्ने चक्कुले श्रीमतीको घाँटी रेटेका हुन् ।
सिन्धुपाल्चोक चौथलीका अजय श्रेष्ठ भनिने २६ वर्षीय पुरुषले २२ वर्षकी श्रीमतीको हत्या गरेका हुन् ।
काठमाडौँमा व्यापार गर्दै आएका उनीहरुको डेढ वर्षअघि मात्र बिहे भएको थियो । डेरामै पासविक तरिकाले हत्या भएको खबरपछि प्रहरीले अनुसन्धान थालेको छ ।