कर्मचारीको तलब बढ्यो, कसको कति ?

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ – सरकारले सरकारी कर्मचारीहरूको तलब वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको गरेका हुन् ।

आगामी आर्थिक बर्षबाट सरकारी कर्मचारीले बढेको तलव पाउने छन् । बजेट भाषणमार्फत हरेक तहका कर्मचारीलाई दुई हजार रुपैयाँ बढाइएको हो ।

बढेको तलवमा मुख्य सचिवको ६७ हजार १ सय ३६ पुगेको छ । सचिवको ६२ हजार ६ सय ७८, सहसचिवको ४९ हजार ३ सय ७७, उपसचिवको ४२ हजार ३ सय ३८ र अधिकृतको ३७ हजार ९ सय ९० पुगेको छ ।

त्यस्तै, नायब सुब्बा (अतिरिक्त तलबमान) ३२ हजार ८ सय १६, नायब सुब्बा ३० हजार २ सय, खरिदार (अतिरिक्त तलबमान) २९ हजार ५ सय ६० र खरिदार २८ हजार ५ सय ६० रुपैयाँ कायम भएको छ । यसका अलवा महङ्गी भत्ता र पोशाक भत्ता छुट्टै पाउने गरेका छन् ।