आज कस्तो रहला देश भरको मौसम ?
काठमाण्डौ – आज देशका धेरैजसो ठाउँमा बादल लागेर एक,दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली भइ प्रदेश(१ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
तर निरन्तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले प्रदेश(१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश(१ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी ठाउँमा सामान्य बादल लागेको छ ।
आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी र पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।