चीनले दिएको ८ लाख डोज खोप बोकेर निगमको जहाज काठमाडौं आइपुग्यो

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको १० लाख डोजमध्ये आठ लाख डोज खोप मंगलबार नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । बाँकी दुई लाख डोज खोप केही समयपछि हिमालयन एयरलाइन्समार्फत ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन् ।