तपाईं त्यो काम गर्नुहोस्, जुन कसैले गर्न सकेनन्
काठमाडौं – सफल सबैलाई हुनुछ, सबैलाई सक्षम हुनुछ तर त्यसको लागि कडा परिश्रम भने कोहि गर्न चाहदैन । यदि सफल हुनुछ भने आफै कडा भन्दा कडा मेहेनत गर्नुपर्छ ।
सफलता एक चिज हो, जुन तपाईंलाई दिन सकिदैन । सफलता उपहारमा प्राप्त हुन सक्दैन । यसलाई तपाईं आफैले खोज्नु र चिन्नुपर्छ । अनि त्यतैतिर पाइला चाल्नुपर्छ । आफैबाट यसलाई खोजेर निकाल्नका लागि तपाईंले आफ्नो बिधिबिधान आफैले बनाउनुपर्छ । आफ्नो पथप्रदर्शक आफै बन्नुपर्छ । आफुले नै कठोर मेहेनत गर्नुपर्छ ।
सफल कथाका पछाडि कैयौ समस्याहरु पनि लुकेका हुन्छन । वास्तबमा तिनै समस्याहरुले हामीलाई अझ बलियो बनाउछन । ति समस्याहरुबाट पार पाउनका लागि हरेक मनुष्यको आ–आफ्नै तरिका हुन्छ । हो, तपाईंका लागि मानिसहरु प्रेरणाको स्रोत बन्न सक्छन तर वास्तविक प्रेरणा तपाईंले नै आफुलाई दिनुपर्छ । कोहि प्रेरक वक्ता, कुनै प्रेरक भिडियो, पुस्तक वा कुनै पनि कुराले तपाईंलाई प्रेरणा दिन सक्छन । तपाईं उत्साहित पनि हुनुहुनेछ तर वास्तविक सफलताका लागि तपाईं भित्रैबाट प्रेरित हुनुपर्छ । आफै जाग्नुपर्छ ।
प्रत्येक दुर्भाग्यपछि सौभाग्य आउँछ । जुन पहिला भन्दा सुखद हुन्छ र हरेक संघर्षपछि उन्नतिको अर्को ताला थपिन्छ । तपाईंबाट महान कार्य हुनेवाला छ, त्यो के हो ? लगाउनुहोस् । यदि तपाईं महान् बन्न चाहनुहुन्छ, राज गर्न चाहनुहुन्छ भने तपाईंले जुरमुराउनु पर्छ । तपाईंलाई कसैले नदीसम्म लिएर जान सक्छ तर पौडिन तपाईंले नै खुट्टा चाल्नुपर्छ ।
एक्काइसौ शताब्दीमा जन्मनु भएको तपाईंले त्यो काम गर्नुछ, जुन तपाईं भन्दा अघिकाले गर्न सकेनन् । ‘कसैले या कुनै बाध्यताले मलाई रोकेको छ ’ शत्रुहरुले मलाइ नाश गर्न लागेका छन, जस्तो लागेको छ भने एउटा कुरा सदैव याद गर्नुहोस् – आंधी र हिउले फूललाई बर्बाद पार्न सक्छ, तर बिउ मार्न सक्दैन । सदैव हेक्का राख्नुहोस् – असफलता सिंढी हो, तपाइले त्यो सिंढीमा टेकेर माथि चढ्नु छ ।