लुम्बिनी प्रदेश सभा बैठक बस्दै

बुधबार, १९ जेष्ठ २०७८

बुटबल– लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक आज बस्न लागेको छ।

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो। पहिलो दिन दलका नेताहरू धारणा राख्ने कार्यसूची रहेको छ।

प्रदेश सभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। तर, प्रदेश प्रमुखले त्यसलाई अघि नबढाउन पत्राचार गरेका थिए।

पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर, उनी अल्मतमा छन्। उनले संसद्मा विश्वासको मत लिनुपर्ने भए पनि वेवास्ता गरेका छन्।

विपक्षी दलले पोखरेल कानूनविपरीत मुख्यमन्त्री नियुक्त भएको बताउँदै आएका छन्। उनीहरू अविश्वास प्रस्ताव अघि बढाउन सभामुखलाई आग्रह गरेका छन्।