ओलीको ६ बुँदे प्रस्तावमा छलफल गर्न नेपाल–खनाल समूहले बोलायो आकस्मिक बैठक

सोमबार, २४ जेष्ठ २०७८

काठमाडौँ– नेकपा एमाले एकताका विषयमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले ६ बुँदे प्रस्तावअघि सारेपछि माधव–झलनाथ समूहको आकस्मिक बैठक बस्दै छ।

अध्यक्ष ओलीले आइतबार राती आफू एमाले एकताका पक्षमा रहेको भन्दै माधव–झलनाथ समूहसमक्ष ६ बुँदे प्रस्ताव अघि सारेका थिए। उनले प्रस्तावको चार नम्बर बुँदामा विपक्षी दलका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै गरिएको हस्ताक्षर फिर्ता लिनु पर्ने सर्त राखेका छन्।

ओलीको ६ बुँदे प्रस्तावका विषयमा माधव–झलनाथ समूहका नेताहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। नेताहरूबाट फरक फरक धारणा आइरहँदा माधव(झलनाथ समूह बैठकबाट संस्थागत धारणा बनाउन आफ्ना स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको हो। एक नेताका अनुसार बैठक ११ बजे भर्चुअलमा रूपमा बस्नेछ।