तिहारसम्म सित्तैमा खानेकुरा दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं – सरकारले नोभेम्बरसम्म (दिपावली) आफ्ना नागरिकलाई सित्तैमा खान खुलाउने बताएको छ । यो भारतको खबर हो ।
सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८० करोडा भारतीयलाई खाना खुआउने बताएका हुन् । कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको बताउँदै महामारीको यो बेला सरकार गरिबको साथमा रहेको उद्घोष गरे ।
छआज केन्द्र सरकारले प्रधानमन्त्री गरिब कल्याण अन्न योजनालाई दिवालीसम्म बढाउने निर्णय गरेको छ। संकटको यो घडीमा सरकार गरिबसँग छ । ८० करोड मानिसलाई हरेक महिना तोकिएको मात्रामा खानेकुरा नोभेम्बरसम्म सित्तैमा उपलब्ध गराइनेछ,’ मोदीले भनेका छन्।
उनले जुन २१ देखि १८ वर्षमाथिका सबै भारतीयलाई केन्द्र सरकारले नै निःशुल्क कोरोनाभाइरसविरूद्धको खोप पनि उपलब्ध गराउन घोषणा गरे। अबदेखि राज्य सरकारहरूले खोपमा पैसा खर्च गर्नु नपर्ने पनि उनको भनाइ छ।