प्रदेशसभाबाट बर्खास्त गरिएकी ज्वालाकुमारीको भाग्य खुलेपछी

बिहिबार, २७ जेष्ठ २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा (एमाले) प्रवेश गर्दा प्रदेशसभा सदस्य पद गुमाएकी ज्वालाकुमारी शाहलाई मन्त्री बनाएका छन् । शाहलाई ओलीले कृषिमन्त्रीको जिम्मेवारी दिएका छन् ।
उनी बारा ३ (क) बाट निर्वाचित भएकी थिइन् । नेकपा (माओवादी केन्द्र) बाट जितेकी उनी फागुन २३ गतेपछि एमालेमै रहँदा पद रिक्त हुन पुगेको थियो ।